
उर्लाबारी / मोरङ उर्लाबारी -७ बैसाबारि मा अवस्थित पाथीभरा पञ्चकन्या देबि मन्दिर ब्यवस्थापन समितिले आज एक कार्यक्रमको आयोजना गरि गत नवरात्रमा संचालित पुराणको हिसाब सार्वजनिक गरेको छ ।
गत नवरात्र भर संचालित पुराण र पुजा बाट विभिन्न शिर्षकमा ४ लाख ७० हजार १ सय ८२ रुपैयाँ संकलन भएकोमा २ लाख १७ हजार १७ रुपैयाँ खर्च भएर २ लाख ५३ हजार १ सय ६६ रुपैयाँ बचत गरिएको जनाईएको छ्। कार्यक्रम आयोजक समितिका समंयोजक सञ्जय शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष राजन खुलालले हिसाब सार्वजनिक गर्नुभएको थियो । विभिन्न जग्गा दाता बाट प्राप्त जग्गामा २०६९ सालमा स्थापना गरिएको सो मन्दिरमा पाथीभरा देबिको आकर्षक मन्दिर सहित सभाहल लगाएतका भौतिक संरचना निर्माण गरिएको र भबिस्यमा प्रदेशको उत्कृष्ट धार्मिक क्षेत्रको रूपमा बिकास गर्ने लक्ष राखिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र गुरागाँईले जानकारी दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी -७ का वडाअध्यक्ष उर्मिला थापा ,सल्लाहकार संयोजक जयधर्म आचार्य , महिला समिति संयोजक तुलसा गुरागाँई लगाएतले मन्दिरलाई धामको रूपमा बिकास गरि धार्मिक पर्यटन भित्र्याउन सबैलाई अनुरोध गर्नुभएको थियो ।