उर्लाबारी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि मोरङको उर्लाबारीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
उर्लाबारी नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मोरङ क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय उर्लाबारीमा स्थापना गरिएको निर्वाचन अधिकृत गोपाल थापाले जानकारी दिनुभयो । कार्यालय उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बू, एमाले उर्लाबारी अध्यक्ष गंगा बास्तोला, राप्रपा उर्लाबारी अध्यक्ष देबीप्रसाद दाहाल, संचारकर्मीहरुलगायतको उपस्थिति रहेको थियो । उम्मेद्वारको मनोनयनपत्र दर्ता असोज २३ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय