
उर्लाबारी । मोरङको उर्लाबारीमा रञ्जित धिमालको राष्ट्रिय फुटबल टिममा कमब्याक भएको छ ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि छनौट गरिएको राष्ट्रिय फुटबल टिममा धिमाल पनि समावेश हुनुहुन्छ । २३ सदस्यीय राष्ट्रिय टिममा पर्दै धिमालले कमब्याक गर्नुभएको छ । नियमित राष्ट्रिय टिममा पर्दै आएपनि डिफेन्डर रञ्जित केही समय राष्ट्रिय टिममा अटाउन सक्नुभएको थिएन । उर्लाबारी वडा नं. ६ निवासी रञ्जितका दाई विजय धिमाल पनि पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ ।