
उर्लाबारी । मोरङको उर्लाबारीमा महिलाहरु मात्र आबद्ध रहेको नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोमा नेपाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अध्यक्ष पदमा नेपालको मात्र उम्मेद्वारी परेपनि उहाँ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । नेपाल संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै, उपाध्यक्षमा शोभा चेम्जोङ पालुङ्वा, सचिवमा शोभितमाया तामाङ, सहसचिवमा यमुना राई र कोषाध्यक्षमा चन्द्रदेवी दाहाल सर्वसम्मत चयन हुनुभएको छ भने सञ्चालक सदस्यमा निर्मला सिटौला, गीता घिमिरे, देवी सिटौला, रुकमणी अधिकारी, अरुणा थापा र अम्बिकादेवी कार्की सर्वसम्मत हुनुभएको छ । त्यस्तै, लेखा समिति संयोजकमा निर्मला घले, सदस्यमा चन्द्रकला खड्का प्रसाई र सेवनकुमारी बस्नेत कार्की पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ । आवश्यक पदमा मात्रै उम्मेद्वार परेका कारण नारी संकल्पको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको भएपनि निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गरेको छैन । सहकारीको वार्षिक साधारणसभा असोज ३ गते हुने तय भएको वर्तमान अध्यक्ष सीता कार्कीले जानकारी दिनुभयो ।