
संगीता राई,पथरी
पथरीशनिश्चरे नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका भेटेरिनरी पसल दर्ता र नबिकरणमा अत्याधिक कर बृद्धि गरेकोप्रति नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन पथरीशनिश्चरेले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
सोमबार नगरपालिकामा नगर उपप्रमुख देविमाया काफ्लेलाई एसोसिएसनका नगर अध्यक्ष अर्जुन काफ्लेसहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । नगरसभाले नगरभित्र सञ्चालित भेटेरिनरी तथा कृषि सामाग्री पसल नबिकरण गर्न अघिल्लो बर्षको भन्दा २ सय ५०प्रतिशत कर बृद्धि गरेको र सो कर बृद्धि बैज्ञानिक नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सो कर बृद्धि उचित समायोजन गर्न माग गरिएको छ । कृषी तथा पशुपालन क्षेत्रमा काम गरिरहेका प्राबिधिक पलायन गराउने तथा कृषकलाई प्रत्यक्ष असर पर्ने कार्य नगर्न समेत ध्यानाकर्षण गरिएको अध्यक्ष काफ्लेले बताउनुभयो । पथरीशनिश्चरे नगरभित्रका पशु स्वास्थ्य प्राबिधिकहरुको टोलीलाई कर बृद्धिका बारेमा थप सल्लाह गरेर समायोजनमा सहयोग गर्ने प्रतिबद्धता नगर उपप्रमुख काफ्लेले गर्नु भएको थियो ।