
उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले मैथिली समाज सेवा समितिको घेराबाराको अनुगमन गर्नुभएको छ ।
घेराबाराको लागि प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट ५ लाख रुपैयाँ रुपैयाँ विनियोजन भएको थियो । सामुदायिक भवन निर्माणका लागि दुई कट्ठा जग्गामा घेराबारा गरिएको छ । घेराबारामा १२ लाख भन्दा बढी रकम खर्च भइसकेको कोषाध्यक्ष नरेश शर्माले जानकारी दिनुभयो । मैथिली समाजको सामुदायिक भवन निर्माणका लागि पहलकदमी दिने प्रदेश सांसद लिम्बूको भनाई छ । ‘सानो बजेटमा धेरै काम भएको पाइयो’ सांसद लिम्बूले भन्नुभयो–‘ सामुदायिक भवन बनाउन मेरो पहलदमी रहनेछ, तपाईहरु लाग्नुहोस् ।’
उर्लाबारी वडा नं. ७ का समाजसेबी महेन्द्र कार्कीले एक कट्ठा निःशुल्क जग्गा दिनुभएको छ भने एक कट्ठा समितिले खरिद गरेको उपाध्यक्ष दशरथ यादब (बेचन) ले बताउनुभयो ।