
उर्लाबारी । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (क) ले आज उम्मेद्वार सिफारिस गर्ने भएको छ ।
छलफल जारी रहेकाले आज बेलुकासम्म उम्मेद्वार टुंगो लगाउने मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तानले जानकारी दिनुभयो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खड्ग फागो, शोभा चेम्जोङ, ललित अधिकारीलगायतको नाम चर्चामा छ भने प्रदेश सभा क तर्फ चिरिञ्जबी थापा, अर्जुन तुम्रोकलगायतको नाम चर्चामा छ ।