
उर्लाबारी । नेपाल आदिबासी जनजाति महासंघ उर्लाबारी नगर समन्वय परिषद्को १४ औं साधारणसभा तथा चौथो अधिवेशन प्रदेश १ प्रमुख पर्शुराम खापुङले उद्घाटन गर्नु हुने भएको छ ।
भोली साउन १४ गते उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा हुने अधिवेशनको प्रमुख खापुङले गर्ने कार्यक्रमतय गरिएको अध्यक्ष मणिलाल श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र नयाँ समितिसमेत सर्वसम्मत चयन गरिसकेको सचिब नारायण राईले बताउनुभयो । समितिको नाम भने साधारणसभा पश्चात सार्वजनिक गरिने जनाइएको छ ।