उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसमा थानेश्वर अधिकारी (आकाश)को संयोजकत्वमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटी गठन भएको छ ।
माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष गजेन्द्र दंगाल, अखिल क्रान्तिकारीका मोरङ जिल्ला अध्यक्ष नगेन्द्र घिमिरे, प्रदेश कमिटी सदस्य सागर राई, जिल्ला उपाध्यक्ष सरोज किराँती लगायतको उपस्थितिमा ५१ सदस्यीय क्याम्पस सम्मेलन आयोजक कमिटी गठन गरिएको हो । भेलामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हकहितका लागि एकताबद्ध बनाएर लागि पर्ने संयोजक अधिकारीले प्रतिबद्धता जाहेर गर्नुभयो । आयोजक कमिटीले चाँडै सम्मेलन गरेर नयाँ नेतृत्व गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय