मोरङ । पछिल्लो समय नेपालमा बढ्दो पब्जीको क्रेजले युवा पुस्तामा बढ्दो छ ।
करोडौँ लगानीका अन्तर्राष्ट्रिय खेलहरुमा नेपालका धेरै टिमहरु सहभागी हुँदै आएका छन् भने धेरै खेलहरुमा विजेता समेत बन्दै आएका छन् । यसैक्रममा मोरङको उर्लाबारी–३ मंगलबारेमा पहिलो पटक खुला पब्जी प्रतियोगिता आयोजना गरिएको छ ।
पब्जी समुह हङ्ग्री ट्रूफको आयोजनामा असार २५ गतेदेखि सो प्रतियोगिता सुरु हुने भएको हो । उक्त प्रतियोगिताको दर्ता शुल्क ४ सय रुपैयाँ राखिएको र इच्छुक टिमले असार २३ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने आयोजक समुहका अशोक थापाले जानकारी दिनुभयो । प्रतियोगिताको विजाताले नगद ६ हजार, उपविजेताले ३ हजार र तृतिय स्थान हाँसिल गर्ने समुहले १ हजारसहित तीन वटै टिमले प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी (टप फ्रागर) लाई समेत नगद र प्रमाणपत्रले सम्मान गरिने योगेश कोइरालाले बताउनुभयो । २५ टिमको सहभागीतामा हुने उक्त खेलको फाईनल असार २८ गते मंगलबार राती ७ बजेदेखि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय