उर्लाबारी । नेपाली कांग्रेस मिक्लाजुङ वडा नं. ५ कार्यसमितिको आयोजना मा आज अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अन्तरक्रियासहित तरुण दल र महिला संघ गठन सम्पन्न भएको हो । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी ३७ जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेस मिक्लाजुङ ५ का सभापति याम श्रेष्ठको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागो रहनु भएको थियो । बिशिष्ट अतिथी नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू मिक्लाजुङका सभातिी बबि राई, क्षेत्रीय सचिव पर्वत राईलगायतको उपस्थिति रहेको थियो । नेपाल तरुण दल मिक्लाजुङ ५ को सभापतिमा अजित लिम्बुको नेतृत्व मा ५६ सदस्यीय कार्यसमिती र नेपाल महिला संघ मिक्लाजुङ ५ को सभापतिमा मनकुमारी श्रेष्ठको नेतृत्व मा ५१ सदस्यीय कार्यसमिती चयन भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय