
उर्लाबारी । तेस्रो उर्लाबारी मेयर कपको आजको खेलमा वडा नं. ७ र ८ भिड्दै छन् । आज विजेताले वडा नं. १ को दोस्रो सेमिफाइनलमा सामाना गर्नेछ । आज दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजक समितिका कोषाध्यक्ष योगराज फागोले जानकारी दिनुभयो ।
पहिलो उर्लाबारी नगर कपको विजेता वडा नं. ५ र दोस्रोको विजेता वडा नं. ६ एउटै समूहमा रहेका छन् । भोली पहिलो सेमिफाइन खेलमा वडा नं. ५ र ६ बीच प्रतिष्पर्धा हुनेछ । वडा नं. ७ र ८ बीचको खेलमा कसले बाजी मार्ला त ? दुबै टिमले आ–आफ्नो जित हुने दाबी गर्दै आएका छन् । पहिलो मेयर कपमा वडा नं. ७ उप–विजेता भएको थियो ।