३० साउन
वुटवलमा लकडाउन गरेको भोलीपल्ट देखि नै नवलपरासी पश्चिम र दोलखामा पनि शनिवार देखि स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
नवलपरासी पश्चिममा जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थास्थ्य सुरक्षाको अवस्थालाई ध्यान दिँदै साउन ३१ गते राति १२ बजेदेखि भदौ ६ गते राति १२ वजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । एक प्रेस विज्ञप्ती गर्दे निषेधाज्ञ लागु गरिएको एक हप्ताको अवधी भित्र मानिसहरु विचमा जमघट, भेला, जुलुस, सभा, समिक्षा, गोष्ठीजस्ता मानिस जम्मा हुने प्रकारका कुनै पनि काम गर्न नपाउने उल्लेख गरेको छ ।प्रमख जिल्ला अधिकारी सागरमणि पाठकले हस्ताक्षर गरेको प्रेश विज्ञप्तीमा यो अवधिमा धार्मिक स्थलमा पनि दैनिक नित्य हुने पूजाबाहेकका कुनै पनि प्रकारका जमघट हुने काम गर्न नपाइने उल्लेख छ ।
यसैगरी दोलखा जिल्लामा आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रवार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा बन्दाबन्दी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । भोलि बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय