
उर्लाबारी । मोरङको उर्लाबारी–४ मा बक्राहा घाट निर्माणका लागि पहिलो चरणमा सडकको विस्तार गरिएको छ ।
दाताहरुले ४ विघा जग्गा दिएपछि उर्लाबारी नगरपालिकाले पहिलो चरणमा सडक विस्तार गरेको हो । करिब आधा किलोमिटर क्षेत्रमा नालासहितको सडक विस्तार गरिएको छ । जग्गा छुट्याउने र सडकको ट्रयाक खोल्ने काम भइसकेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । उहाँका अनुसार चाँडै डिपिआर गरेर बक्राहा घाटको निर्माण कार्य सुरु हुनेछ ।