उर्लाबारी, सुनझोडा सामुदायिक वन उपभोक्ता समुह उर्लाबारी – २ को चुनावी प्रतिस्पर्धामा बलबहादुर धिमाल `माधव´ विजयी भएका छन् । मादल चिन्ह लिएर उठेका उनलेे ४३८ मत ल्याइ बिर्खबहादुर राईलाई पराजित गरेका हुन् । राईले २१२ मत ल्याएका थिए । साधारणसभामा दुई समुहबीच चुनावी प्रतिस्पर्धा भए प्यानलका आधारमा कसैले उम्मेदवारी नदिएको निर्वाचन मण्डलका संयोजक रणध्वज डाँगीले जानकारी दिए । संयोजक डाँगीका अनुसार उपाध्यक्षमा बिना धिमालले ३८० मत ल्याउदै जित हात पारिन् । उपाध्यक्षमा बुद्धि कार्कीले १९९ मत ल्याएर पराजय भोगे । यस्तै सचिव पदमा एकाघरकी जेठानी अनिता डाँगीलाई देवरानी इन्दिरा डाँगीले पराजित गरिन् । इन्दिराले ३७२ मत ल्याउदा अनिता १५७ मतमा सिमित भइन् । सह-सचिवमा भुपेन्द्र मल्ल ठकुरी २६२ मतका साथ विजयी भएका छन् । उनीसंग पराजित सतेन्द्र खनालले २५० मत प्राप्त गरे । यसैगरी कोषाध्यक्ष पदमा ३१२ मतका साथ जुटबहादुर धिमाल विजयी बनेका छन् । कोषाध्यक्ष पदमा उठेका विजय राई र मानबहादुर लकाइ खड्का १५९ र १३३ मतका साथ क्रमशः दोस्रो र तेस्रो स्थान हात पारे । नौ सय ४४ जना उपभोक्ता रहेको वन समुहको शनिबार मतदान भएको थियो । अध्यक्षमा पराजित राई वन समुहको पुर्व अध्यक्ष र विजेता धिमाल वनका निवर्तमान कोषाध्यक्ष रहेका हुन् । नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराउँदै आइतबार पद हस्तान्तरण गरियो । वन समुहको कार्यालयमा एक समारोहकाबीच निर्वाचन मण्डलका संयोजक रणध्वज डाँगीले विजयी लाई सपथ गराएका थिए । दिव्यनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी खगेन्द्र भण्डारी,निवर्तमान विमला धिमाल, मनमाया धिमाललगायतको उपस्थिति रहेको थियोे । उर्लाबारी- २ को सुदुर उतरी क्षेत्रमा रहेको वन दुई सय २२ हेक्टरमा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय