३० साउन
बिहीबार भएको वार्ता सकारात्मक दिशामा उन्मुख भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल सुरु भएको छ । अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु जानकारी गराए ।
अध्यक्ष प्रचण्डले हिजो ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै पार्टीभित्र देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीले तीन बुँदे प्रस्ताव ल्याएको जानकारी गराएका थिए ।
प्रचण्डका अनुसार पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको आत्माआलोचना गर्ने, पाँचै वर्ष ओली प्रधानमन्त्री र कार्यकारी अध्यक्षलाई थप अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारीको प्रस्ताव आएको प्रचण्डले बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय