लेटाङ । लेटाङ नगरपालिका वडा नं. ६ र ७ लाई जोड्ने पक्की पुलको निर्माणको काम पचास प्रतिशत भन्दा बढी सम्पन्न भएको छ ।
आज नगरप्रमुख शंकर राईका साथमा ईन्जिनियरको टोलिले गरेको अनुगमनका क्रममा कामले तिब्रता पाएको भन्दै मजबुत र नियम भित्र रहेर चाडै काम सम्पन्न गर्न मेयर राईले निर्देशन दिनुभयो ।
उहाँले पुल निर्माण सम्पन्न भएपछी वडा नं. ७ भएर आवतजावत गर्न सहज हुने समेत बताउनुभयो ।