उर्लाबारी नगरपालिकाको आयोजनामा सञ्चालित ७ दिन दिने सीप बिकास (बंगुर पालन) तालिमको उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले अनुगमन गर्नु भएको छ । उर्लाबारी ४ स्थित पशु शाखा कार्यलयको हलमा माघ २ बाट तालिम सञ्चालन भइरहेको तालिमको शुक्रबार अनुगमन गर्नुभएको हो । अनुगमनको क्रममा उपप्रमुख लक्ष्मीदेवी भण्डारीले तालिमका लागि तालिम मात्र नलिई ब्यवसायिक बन्न सहभागीहरूलाई आग्रह गर्नुभएको छ । उहाँले कृषि र पशुमा नगरलाई आत्मनिर्भर बनाउन सके नगरलाई धेरै फाइदा हुने बताउनु भएको छ ।
तालिममा बंगुरपालनको महत्त्व, बंगुरको जात, खोर ब्यवस्थापन, बंगुरमा लाग्ने रोग, सन्तुलित आहारा आदीको बारेमा जानकारी दिइएको पशुपंक्षी शाखा प्रमुख बिष्णु भट्टराईले जानकारी दिनुभयो। विभिन्न वडाका २५ जना सहभागीले तालिममा सहभागी भएका छन् । तालिममा पशु शाखा प्राविधिक बद्री भट्टराईले सहजिकरण गरिरहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय