उर्लाबारी ÷ नेवा ल्यायम्ह् दवु उर्लाबारीको आयोजनामा एकदिने शेयर बजार सम्बन्धि आधारभूत तालिम सञ्चालन गरिएको छ ।
नेवार समुदायका युवायुवतीहरुलाई लक्षित गरी आयोजना गरिएको सो तालिममा ५० जनाको सहभागिता रहेकोे थियो । तालिममा प्रतिक खड्गीले सहजिकरण गरेको कार्यक्रम संयोजक नवीन श्रेष्ठले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेवा देय दबु अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, कुमारी साकोसका अध्यक्ष कृष्ण प्रधान, आदिबासी जनजाति महासंघ उर्लाबारी अध्यक्ष मणिलाल श्रेष्ठ,नेवा देय दबु ÷ नेवा न्हु पुचका वडा अध्यक्षलगायतको उपस्थिति रहेकोे थियो । नेवा ल्यायम्ह् दबु उर्लाबारीका अध्यक्ष चेतराज श्रेष्ठले कार्यक्रमको अध्यक्षतामा गर्नुभएको थियो ।