विराटनगर । विराटनगरमा हिंजो सम्पन्न जिल्ला सहकारी संघको साधरणसभाबाट अध्यक्षमा पुनः डिल्ली पोखरेल निर्वाचित भएका छन् । पोखरेल प्रदेश १ को सहकारी संघका अध्यक्ष पनि हुन् ।

जिल्ला सहकारी संघको अध्यक्षका उम्मेदवार वीरेन्द्र यादवलाई पराजित गर्दै पोखरेल तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पोखरेलले १५६ मत प्राप्त गरे भने यादवले १२७ मत प्राप्त गरे । यस्तै लेखा समिति संयोजकमा दुर्गाप्रसाद गौतम बिजयी भएका छन् । उनले १४९ मत प्राप्त गरे ।

लेखासमिति संयोजकको उम्मेदवार गणेशप्रसाद निरौलाले १२३ मत प्राप्त गरे । महिला सदस्यतर्फ सीता शर्मा दाहाल र सङ्गिता दाहाल बिजयी भइन् । सीता शर्माले १३९ र संगिताले १४१ मत प्राप्त गरिन ।

महिला सदस्यका उम्मेदवार माया ओझाले १३३, तुलसी कुवर विष्टले ११० मत प्राप्त गरेका थिए । सञ्चालक समिति सदस्य खुलातर्फ कमलेश्वर ठाकुर, बिजयकुमाार सरदार, उमेश गुरुङ, जीवन काफ्ले, चन्द्रप्रसाद भट्टराई, प्रभात खड्का, ऋषिराज पौडेल, हेडम्बराज भट्टराई र मिराकुमारी दाहाल हिरा बिजयी भएका छन् ।

अध्यक्ष बाहेकका पदाधिकारी भने सर्वसम्मत भएका थिए । बरिष्ठ उपाध्यक्षमा बिजय माझी, महिला उपाध्यक्षमा पार्वता बराल, सचिवमा राकेश दाहाल, सहसचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा अमृत गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय