उर्लाबारी, परिवर्तन बचत तथा ऋण समूह उर्लाबारी–४ ले एघारौं स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाले उर्लाबारी–४ बक्राहा बाँध र रेडक्रस टोलमा बसोबास गरिरहेका बिपन्न समुदायका १८ जना अशक्त, वृद्धवृद्ध तथा अपाङ्गता भएका ब्यक्तिलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाल र शुभ चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम धमलाले सहयोग सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा परिवर्तन टोल विकास समाजका अध्यक्ष खड्गबहादुर थापा, पशुपति भजन कृतन मण्डलीकी अध्यक्ष साबित्रा बराल, परिवर्तन युवा क्लबका सचिव रमेश भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा समूहका सचिब तिलक नेपालीले स्वागत मन्तब्य राखेका थिए भने कोषाध्यक्ष गौरी थापाले सञ्चालन गरेकी थिइन् । समूहका उपाध्यक्ष कुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय