
उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी वडा नं. १ का चेतराज सिं श्रेष्ठ र उर्लाबारी–९ का तारा श्रेष्ठले पार्टी परित्याग गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत दुबै जनाले माओवादी केन्द्र छोडेको जानकारी दिनुभएको हो । चेतराज सिं २०७४ सालमा उर्लाबारी वडा नं. १ को वडाध्यक्षको उम्मेद्वार बन्नुभएको थियो भने तारा संगठित सदस्य मात्रै रहनुभएको थियो ।
चेतराज सिंह श्रेष्ठले फेशबुकमा यस्तो लेख्नुभएको छ,‘आजदेखि मैले माओवादी पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी गराउँछु ।’
तारा श्रेष्ठले फेशबुकमा यस्तो लेख्नुभएको छ–‘आजसम्म नेकपा माओवादी केन्द्रको गतिविधिमा सम्लग्न नभए पनि औपचारिक रुपमा यो पार्टीको संगठित सदस्य फेसबुक मार्फत आजकै मितिदेखि नरहने निर्णय गरेको छु । अन्तमा जहिले पनि कम्यूनिष्ट पार्टीको एकताको पक्षमा रहने, देश र जनताको उन्नती प्रगती भएको आफू जिबित रहेकै बेला देख्ने अभिलासा छ, आशा अझै जिवित राखेको छु । शुभ बिहानी अभिबादन । टिकाटिप्पणी सबै खाले आउन सक्छन्, सहज रुपमा लिने नै छु । ’