उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी र मिक्लाजुङमा लोकप्रिय तथा जनताको हितमा काम गर्न सक्ने उम्मेद्वारलाई अघि सारेर चुनाबी मैदानमा होमिने भएको छ ।
उर्लाबारी नगरपालिकाको मेयरमा ममता राजवंशी, तारिलाल धिमाल (प्रवेश) र गजेन्द्र दंगाललाई अघि सारेको छ । एक्लै भएपनि चुनाबी लड्ने गरी माओवादीले हरेक टोल टोलमा कमिटी विस्तार र छलफल गरिरहेको छ । उर्लाबारीमा पार्टी सदस्य नै १ हजार रहेकाले विगतको भन्दा पार्टी मजबुद रहेको प्रचार प्रसार विभागका प्रमुख सरोज बस्नेतले बताउनुभयो । डुलमुलेले पार्टी छोडेपछि झन् नयाँ उर्जाका साथ पार्टी अघि बढेको र जनताको सारथी बनेर काम गर्न सक्ने उम्मेद्वार छनौट गरेर अघि बढ्दा राम्रो नतिजा आउने उहाँको भनाई छ । त्यस्तै, मिक्लाजुङमा माओवादी बलियो देखिएको छ । मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा दिनेश पौडेल, प्रेम मिभक र उमेश राईमध्ये एक लागि अघि बढाउने सम्भावना छ । यो अवस्थामा माओवादीको जित्ने आधार रहेको छ । २०७४ सालको निर्वाचनमा पनि माओवादीको सम्मानजनक मत आएको थियो ।
गठबन्धनका विषयमा छलफल भइरहेकाले उम्मेद्वार छनौट नगरिएको माओवादीले जनाएको छ । ‘आन्तरिक रुपमा हामी तयारी अवस्थामा छौं, गठबन्धनको बारेमा निर्णय भईनसकेको अवस्थामा पर्खिरहेका छौं’ एक माओवादी नेताले भने–‘केन्द्रीय तहमा भएको गठबन्धन नभए, हामी एक्लै पनि चुनाब लड्न तयार छौं वा अन्य दलबीच पनि गठबन्धन हुन सक्छ, जुनै अवस्थामा पनि तयार छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय