उर्लाबारी, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सहकारीलाई नमूना बनाउनु पर्नेमा जोड दिनुभयो ।
मोरङको उर्लाबारी–७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक तथा कर्मचारीहरुलाई लेटाङस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा संस्थागत विकास तालिमको समापनमा बोल्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका फागोले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
संस्थाको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा सञ्चालित तालिममा संस्थाका सञ्चालक, लेखा समिति, सल्लाहकार, उपसमितिका पदाधिकारी र कर्मचारी गरी २८ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले तालिम फलदायी भएको बताएका थिए ।
कार्यक्रममा सहकारीकी सल्लाहकार शोभितमाया तामाङ, कोषाध्यक्ष शोभा चेम्जोङ पालुङ्वा, सदस्य विस्तार समितिकी सदस्य सुमित्रा कोइराला, कर्मचारी संगीता राईलगायतले मन्तव्य राख्नुभयो । कार्यक्रमकी सभापति तथा संस्थाकी उपाध्यक्ष गोमा नेपालले तालिमले आफूहरुमा जिम्मेवारी थपिएको बताउनुभयो । तीन दिनसम्म सञ्चालन भएको तालिममा संस्था सञ्चालनका विधि, प्रक्रिया, सञ्चालक तथा कर्मचारीका जिम्मेवारी, आचारसंहिता, संस्था सञ्चालनका औजार, रणनीतिक योजनाका बारेमा सहजीकरण गरिएको थियो । नेफ्स्कुनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले तालिमको सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रम संस्थाकी निर्मला घलेले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय