उर्लाबारी । मोरङको बेलबारीमा भएको पत्रकारहरुको मैत्रीपूर्ण खेलमा उर्लाबारी–विराटनगरका पत्रकार विजयी भएका छन् ।
पथरीशनिश्चरे, बेलबारी र सुन्दरहँरैचाको संयुक्त टिमलाई ७–१ गोल अन्तरले पराजित गर्दै उर्लाबारी–विराटनगरका पत्रकार विजयी भएका हुन् । जसमा उर्लाबारी–विराटनगरका संयुक्त टिमको तर्फबाट सरोज बस्नेतले ४, नवराज भट्टराईले २ र पुन्य पि अधिकारीले १ गोल गरे भने पथरीशनिश्चरे, बेलबारी र सुन्दरहँरैचाको संयुक्त टिमका लागि उर्लाबारी–विराटनगरका दुर्गा शिवाकोटीले आत्मघाती गोल गरे । दशैको शुभकामना आदानप्रदान र पत्रकारहरुबीच भेटघाट गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय