उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको नमूना बाल गृहमा रहेकी १९ बर्षीया किशोर अन्जु उरावको पोखरीमा डुबेर मृत्यु भएको छ ।
आज गृहकै कृषि फार्ममा रहेको माछा पोखरीमा डुबेर ती किशोरीको मृत्यु भएको हो । माछा हेर्ने क्रममा अचानक चिप्लेर पोखरीमा उनी डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । पोखरी भर्खरै सफाई गरिएको कारण दलदले थियो । आश्रमका युवाहरुले पौडेर मृत्यु भइसकेपछि दलदलेमा दबिएको अवस्थामा उरावको शव निकालेका थिए ।