उर्लाबारी । मोरङको उर्लाबारीस्थित उर्लाबारी नगरपालिकाको छैठौं नगरसभा दुई वटा विधेयक तथा अन्य योजनाहरु संशोधन गरी सम्पन्न भएको छ ।
मेयर खड्ग फागोको सभापतित्वमा भएको नगरसभाले संघ–संस्था दर्ता एवं प्राकृतिक स्रोत संरक्षण विधेयक तथा योजना संसोधनसहितका निर्णय गरेको छ । कोरोना महामारीलाई ख्याल गर्दै नगरपालिकाको सभाहलमा भौतिक दूरी अपनाएर नगरसभा गरिएको थियो । नगरसभामा जनप्रतिनिधिहरुले राखेको चासो र जिज्ञासाहरुलाई मेयर फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीले प्रष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय