
उर्लाबारी । वाईसीएल नेपाल उर्लाबारीले कोरोना भाइरसविरुद्ध सचेतनामूलक कार्यक्रम गरेको छ ।
आज उर्लाबारीमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढेकाले सचेत रहन नगरबासीलाई आग्रह गर्दै माक्स वितरण गरेको हो । कोरोना भाइरसबाट बच्न सबै सचेत र सजग बन्नु पर्ने अवस्था आएकाले सचेतनामूलक कार्यक्रमका साथै ९ हजार माक्स वितरण गरेको बाईसीएल नेपालका उर्लाबारीका अध्यक्ष देबेन्द्र खड्काले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिममा मोरङ परिसकेकाले सचेत हुनु पर्ने बाइसीएल नेपालको केन्द्रीय निर्वाचन कार्यालयका सदस्य दिपक आले मगरको भनाई छ । सबै मिलेर कोरोनाविरुद्ध एकजुट भएर अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । सचेतना अभियानका साथै प्रभावकारी अनुगमन पनि अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बाइसीएल नेपालका प्रदेश सदस्य राजिब लिम्बू, खगेन्द्र पराजुलीलगायतको उपस्थिति रहेको थियो ।