२६ साउन २०७७ ।
मुलुकमा थप ३ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ३८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २३ हजार ३ सय १० पुगेको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ४० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ४० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १६ हजार ४ सय ९३ पुगेको छ ।

यस्तै सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको छ । त्यस्तै, हालसम्म १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ६ हजार ७ सय ३८ जना छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ । मुलुकभर हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय