
विराटनगर । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपाल मोरङको अध्यक्षमा आजम परवेज निर्वाचित भएका छन् ।
वाइसिएल मोरङको विराटनगरमा भएको जिल्ला भेलाबाट परवेजको नेतृत्वमा ८१ सदस्यीय जिल्ला समिति निर्माण भएको हो । समितिको उपाध्यक्षमा सुमन लिम्बू, राजिव लिम्बू, सचिवमा नवीन गुरुङ, सहसचिवमा योगेन लिम्बू, सन्जोग राई, विनोद सिंह र फलसरा तामाङ रहेका छन् । यस्तै कोषाध्यक्षमा राजेश राजवंशी, लेखा आयोग प्रमुखमा युवराज राई, अनुशासन आयोगमा उर्गेन तामाङ र निर्वाचन आयोगमा तेजकुमार दाहाल रहेका छन् ।
सदस्यहरुमा पुस्कल लिम्बू, कमल लिम्बू, रमेश श्रेष्ठ, रोहित थापा, ठगेन्द्र मगर, मेनुका लिम्बू, नेत्र सिवाकोटी, मनोज उप्रेती, देबेन्द्र मण्डल, महेन्द्र सोनार, विनोद दर्नाल, भानु राई, मदन पौडेल, सुभाष खड्का, किरण भुजेल, तिलबिक्रम श्रेष्ठ, रेनुका घिमिरे, बासु घिमिरे, सविन घिमिरे, सुनिल लुइँटेल, यामकुमार मादेन, सिर्जना धिमाललगायत रहेका छन् ।
भेलालाई वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा, माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल, माओवादी केन्द्रका नेताहरू गणेश उप्रेती सुशील, खेम भट्टराई दीपकलगायतले सम्बोधन गर्नुभएको थियो । वाइसिएलले केन्द्रदेखि वडा र टोलसम्म संगठन निर्माण अभियान संचालन गरिरहेको सो संगठनका नेताहरुले बताएका छन् ।