
उर्लाबारी । नेपाल पत्रकार महासंघको चैत्र २५ गते चुनाब हुने भएसँगै नेतृत्वमा आउने आकांक्षीहरुले आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन् ।
विराटनगरबाहिरबाट पहिलो पटक नेपात्र पत्रकार महासंघ मोरङको अध्यक्षमा अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडाले दाबेदारी प्रस्तुत गर्नुभएको छ । उहाँले प्रेस युनियनबाट सर्वसम्मत रुपमा आफुलाई अध्यक्षको उम्मेद्वार बनाउन माग गर्नुभएको छ । उहाँले युनियनबाट टिकट प्राप्त नभएपनि आफ्नो अध्यक्षमा उम्मेद्वारी रहने बताउनुभयो । विराटनगरबाहिरलाई सहायक पदमा अल्झाउने प्रवृत्तिका विरुद्धमा सबै संगठनमा आबद्ध पत्रकारहरु एक ढिक्का भएर अघि बढ्न आवश्यक रहेको पनि उहाँको भनाई छ ।