
रवि लामिछाने नेपालमा चर्चित नेपाली पत्रकार हुन् । नेपालबाट केही अमेरिका पलायन भएपनि भएका थिए । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।
रवि लामिछानेले भर्खरै न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम छोडेका छन् । वि.सं. २०७६ भाद्र महिनामा उनका सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या पश्चात, उनले रेकर्ड गरेको भिडियोको आधारमा रवि लामिछानेलाई प्रहरीले पक्राउगरी अदालतमा पेश गरेको थियो । तर, उनले त्यसमा सफाई पाइसकेको छन् ।
५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए ।
गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छ ः
रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए । तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।
रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो । सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् । रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् । यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए ।
२०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पारपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवै जनाले मन मिलेपछि विवाह गरेका थिए । दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भएको चर्चित विवाह मध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी भएकीले पनि विवाहले चर्चा पायो ।
रवि लामिछाने जोखिम मोल्ने सेलिब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए ।
सिधा कुरा प्रधानस्मन्त्रीसँग चलाएर चर्चा बटुलिस्सकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रीय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने न्यूज २४ टेलिभिजनमा अन्तिम कार्यक्रम गर्दै विदा भए । सो टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका उनी अहिलेबेला नयाँ कामको तयारीमा रहेको बुझिएको छ । जाँदाजाँदै उनले ५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लागेको बताएका छन् ।
त्यस्तै जाँदाजाँदै उनले सञ्चारमाध्यममा बोल्दै आफू देशको लागी प्रधानमन्त्री बन्न तयार भएको बताएका छन् । बहुचर्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोस्ता रबि लामिछानेले न्युज २४ छोडेको अनौपचारिक घोषणा गरेका छन् । “जन्ताको चासो गुनासोका साथै आवाज बिहिन को दरिलो आवाज बन्दै आएको सिधाकुरा जनता संग को लोकप्रिय कार्यक्रम धेरैको लागि अभिभावक बनेको थियो लाखौं श्रोताले मन पराएको सिधा कुरा जनता संगबाट रबी बाहिरिएपछि सोही कार्यक्रम सम्झना भूलेजले सञ्चालन गरिरहेकी छिन् ।