उर्लाबारी । सुरक्षित बैदेशिक रोजगार सम्वन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ ।
सुरक्षित आप्रवास (सामी) परियोजना तथा उर्लाबारी नगरपालिकाको संयुक्त आयोजनामा जनप्रतिनिधि, प्रहरी, पत्रकार तथा सामाजिक अगुवाहरुबी अन्तरक्रिया गरिएको हो । परियोजनाका केशरकुमार बस्नेतको अध्यक्ष तथा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको थियो । बैदेशिक रोजगारको वर्तमान अवस्था, अवसर र चुनौतिका बारेमा परियोजनाकी कार्यक्रम संयोजक मनिषा थापाले सहभागीहरुलाई जानकारी दिइन् । सामी परियोजनाको परिचय, कार्य प्रणाली, गतिबिधिहरु, आप्रवासी श्रोत केन्द्रको कामलगायत बारेमा कार्यक्रम अधिकृत डिएन चौधरीले जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय