उर्लाबारी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले आज सरसफाई सचेतनामूलक कार्यक्रम गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधसहित सचेतनामूलक कार्यक्रम गरिएको नगर संयोजक राजिव लिम्बूले जानकारी दिए । उर्लाबारी मुख्य चौक आसपासमा सरफाई सचेतनामूलक कार्यक्रम गरिएको र आगामी दिनमा निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै जाने उनले बताए । सरसफाई पश्चात भएको सभामा बोल्दै नगर संयोजक लिम्बूले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध चरणबद्ध तरिकाले आन्दोलन गर्ने बताए । उनले प्रतिनिधिसभा पुर्नगठन नभएसम्म आन्दोलन जारी राख्ने बताए । सरसफाई कार्यक्रममा नेकपा उर्लाबारीका कार्यालय सदस्य गजेन्द्र दंगाल, उर्लाबारी वडा नं. ७ का संयोजक ओम खरेल, राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला सदस्य दिपक आले मगर, खगेन्द्र पराजुली, बुलन पासवान, उर्लाबारी वडा नं. ८ का खगेन्द्र धिमाल, संजिव राई, अनुप कठयात, सुजन क्षेत्रीलगायतको ९ वटै वडाका युवाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय