उर्लाबारी । प्रतिनिधिसभा विघटन भएको विरोधमा राष्ट्रिय युवा संघ नेपाल उर्लाबारीले प्रत्येक वडामा संघर्ष समिति गठन थालेको छ ।
उर्लाबारी नगरपालिका वडा नं. १, ४, ५, ६, र ९ मा संघर्ष समिति गठन भइसकेको संघका उर्लाबारीका संयोजक राजिब लिम्बूले जानकारी दिए । उनले प्रत्येक वडाहरुमा युवा संघलाई मजबुत बनाउँदै सरकारले गरेको असंबैधानिक कदमविरुद्ध कडा रुपमा उत्र्ने बताए । राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला सदस्य दिपक आले मगरले युवाहरु फुटेर भन्दा पनि जुटेर सरकारको गलत कदमविरुद्ध लाग्नु पर्ने बताए ।
ADVERTISEMENT