
उर्लाबारी । जेष्ठ नागरिक एकता समन्वय केन्द्र उर्लाबारी नगर समितिको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उर्लाबारी–४ स्थित आफ्नै भवनमा सोमबार साधारणसभा सम्पन्न गरेको हो । २०६४ सालमा स्थापना भएको उक्त समितिको साधारणसभामा केन्द्रका केन्द्रीय अध्यक्ष प्रमोद निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । साधारणसभामा उर्लाबारी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, समाजसेबी जयधर्म आचार्य, उर्लाबारी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य घनश्याम भण्डारीले राखेका थिए भने सञ्चालन नगर सचिब ज्ञानप्रसाद निरौलाले गरेका थिए । कार्यक्रम नगरअध्यक्ष गंगाप्रसाद चापागाईको सभापतित्वमा भएको थियो ।