
उर्लाबारी । मोरङको उर्लाबारी–१ सुकुम्बासी बस्तीका आगलागी पीडित महादेव साहको परिवारको घर निर्माणका लागि सहयोग जुटेको छ ।
हङकङमा रहेकी अस्मिता बाइबाले १२ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । घर निर्माणका लागि जस्ता खरिदका लागि उहाँले सो रकम सहयोग गर्नुभएको छ । यसअघि समेत वाइवाले नमूना बाल गृहलगायतमा सहयोग गरिसक्नु भएको छ । त्यस्तै, अरनिको हस्पिटल उर्लाबारीले आगलागीबाट घाइते भएकी महादेवकी श्रीमति र छोरीको निशुल्क उपचार गरिदिएको थियो ।