विराटनगर ।  पाँच पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधारणसभामा दुई जनालाई नगर विकास, दुई जनालाई प्रतिभा पुरस्कार र एक जनालाई पिताम्बर खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुनकुमार आचार्यका अनुसार उद्घोष दैनिकमा कार्यरत पत्रकार बाबुराम भण्डारी र मकालु टेलिभिजनमा कार्यरत पत्रकार पदम सरदारलाई नगरविकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार रूपैयाँ छ ।

हाम्रोमत दैनिकका प्रधानसम्पदक विवेक गौतम र गोरखापत्र दैनिकका सम्वाददाता हरिप्रसाद कोइरालालाई प्रतिभा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २१ हजार रूपैयाँ छ ।

मकालु टेलिभिजनका सम्पादक कमल पौडेललाई पिताम्बर खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार रूपैयाँ छ ।

पाँच जना पत्रकारलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र नेपाल पत्रकार महासंघ केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले पुरस्कृत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय