काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ ।

कांग्रेसले एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको जनाएको छ । कांग्रेसले सबै निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा गर्नेछ ।

विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमिमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा हुने सभालाई सम्बोधन गर्नेछन ।

महामन्त्री डा.शशांक कोइरालाले नवलपुरमा, प्रकाशमान सिंहले बानेश्वरमा, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा, रामहरि खतिवडाले ओखलढुंगा, गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय