काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छिन् ।

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरू कुराकानी गर्ने क्रममा उनले गत चैत१५ गतेको प्रदर्शनका क्रममा गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको जिकिर गरिन् ।

प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरबही गर्दा कीर्तिपुरका सविन महर्जनको ज्यान गएको पनि उनले बताइन् ।

‘उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको स्पष्ट देखिन्छ । उहाँले मार्ग प्रशस्त गर्नुभए हुन्छ, राजीनामा दिए हुन्छ,’ सांसद गौतमले भनिन्, ‘अरु सक्ने मान्छेलाई जिम्मेवारी दिनुभए हुन्छ । यो सरकारकै पनि मन्त्रीहरू फेरबदल गर्ने, नेतृत्व बदल्ने बेला भए जस्तो हुन्छ ।’

उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता फरक रहेको पनि बताइन् ।

‘प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित भएको छैन, त्यहाँ सरकार चुकेको छ । गोली लागेको कुरा छ । सविन महर्जनको कुरा छ । भिडियो नआउँदासम्म तपाईं हामीलाई थाहा थिएन,’ सांसद गौतमले भनिन्, ‘उहाँहरूले त दुईतर्फ झडप भएर गोली लागेको भन्ने किसिमको थियो । अहिले भिडियो फुटेजमा रियालिटी अर्कै छ । यसबाटै रियालिटी एउटा र भनिएको अर्को रहेछ भन्ने स्पष्ट हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय