
झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ
विराटनगर – झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित आइतबार ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको अर्जुनधारा नगरपालिका-११ स्थित नयाँ बसपार्कबाट १९ वर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो।
त्यस्तै, झापाको मेचीनगर नगरपालिका-६ बाट ३८ वर्षीया संयोग बस्नेत र ३४ वर्षीय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।
सुनसरीको विजयपुरबाट प्रहरी टोलीले १८ वर्षीया आकृती परियारलाई ११७ क्याप्सुल ट्रामाडोल र ११७ ट्याब्लेट स्पास्पेनसहित पक्राउ गरेको छ भने इनरुवा नगरपालिका-९ का ३६ वर्षीय जितेन चौधरीलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।
मोरङ केराबारी गाउँपालिकाबाट ३५ वर्षीय युवराज कटुवाललाई ३ ग्राम २५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो। साथै, उदयपुरको रामपुर ठोक्सिला र कोठु प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले १५ किलो गाँजा बरामद गरेको छ।
प्रहरीले लागुऔषधको नियन्त्रण र बिक्रीवितरणमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी राखेको जनाएको छ।