काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले विघटित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूको बैठक बोलाएका छन् ।

प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने भएको छ । स्रोतका अनुसार दाहाललाई संसदीय दलमा निर्वाचित गर्ने जनाइएको छ । दिउँसो १ बजे संघीय संसदमा बस्ने बैठकले दाहाललाई दलको नेता चयन गर्ने एजेन्डा रहेको छ । संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी ओलीविरूद्ध पुस ५ गते उक्त समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय