![](https://www.purbicommand.com/wp-content/uploads/2020/12/131264021_408267103945453_8815875243323473837_n.jpg)
उर्लाबारी । मृगौला पीडित मोरङको उर्लाबारी–८ की २५ बर्षीया अन्जनी परियारले सहयोगको अपिल गरेकी छिन् । विगत ६ महिनाअघि देखि मृगौलामा समस्या देखिएकी परियार विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत छिन् ।
दुबै मृगौलामा समस्या देखिएकी अन्जनीको उपचारमा हालसम्म १० लाख रुपैयाँ खर्च भइसकेको र थप उपचारका लागि सहयोगी हातसँग गुहार मागेको पीडितका श्रीमान भीम भित्रिकोटीले जानकारी दिए । हप्तामा दुई पटक डाइलोसिस गर्दै आएको र करिब ८ हजार खर्च हुने गरेको उनले बताए । श्रीमतिको उपचारमा ऋणपान तथा भएभरको सम्पति सकिसकेको र कुनै उपाय नलागेपछि सहयोगी मनहरु माँझ सहयोगका आशा राखेको उनले बताए । सबैको साथ र सहयोगले श्रीमति निको हुनेमा उनी आशावादी रहेको बताउँछन् । श्रीमतिको उपचारका लागि ८९१८३९६५१६ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।