
विराटचौक । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाको केन्द्रमा विवाद चर्कदै जाँदा जिल्लामा ओली पक्षीय छुट्टै भेला आयोजना गरेको छ ।
सुन्दरहरैचा नगरपालिकाको गोठगाउँमा आज राष्ट्रिय युवा संघ नेपालको प्रदेश १ स्तरीय भेला आयोजना गर्दैछ । भेलामा राष्ट्रिय युवा संघ नेपालका केपी शर्मा ओली पक्षधर युवा नेताहरुको सहभागिता रहने छ । पार्टी एकतामा दबाद दिन र स्थिर सरकारका लागी युवाहरुको भेला आयोजना गर्न लागिएको बताएपनि गुटगत भेलामात्रै भएको बुझिएको छ ।