बिराटनगर,झापा र सुनसरीको बिभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-३ का २७ बर्षीय विनायक थुलुङलाई ३ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसै गरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका रामधुनी नगरपालिका-१ का २० बर्षीय विवेक यादवलाई निषेधित औषधी ट्रामानिल २४० क्यापसुल र निट्राजेपाम २०ट्यावलेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-६ का१९ बर्षीय मो. दावुतलाई ट्रामाडोल १२० क्यापसुल र स्पास्पेन १२० ट्यावलेट सहित र इलाका प्रहरी कार्यालय चतराले बराहक्षेत्र नगरपालिका-२ का २१ बर्षीय समिर राईलाई ५० ग्राम गाँजा र ट्रामाडोल १६ क्यापसुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय