उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेललाई हातपात भएको घटना गलत भएको राप्रपा उर्लाबारी कार्यवहाक अध्यक्ष श्याम ढकाल बताउनुभयो ।
उहाँले सामाजिक सञ्जालमा लेख्दै घटना गलत भएपनि नगरप्रमुख खरेलले एमाले कार्यकर्ता मात्रै च्यापेको आरोप पनि लगाउनुभएको छ । उहाँले एमालेको मात्रै होइन जनताको मेयर बन्न सुझाव दिनुभएको छ ।
उहाँले लेख्नुभएको छ,‘ उर्लाबारीका मेयर गंगा खरेललाई हातपात गरिएको समाचार सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको छ । यदि साँच्चै हो भने हातपातै गरिहाल्नु चै गलत भयो । नगरपिता खरेलको कार्यशैली नियाल्दा उर्लाबारी नगरपालिकाको कार्यालय जनताको कुरा सुन्ने भन्दा पनि एमाले कार्यकर्ताको कुरा सुन्ने र उनीहरूलाई पालनपोषण गर्ने थलो बनेको थियो ।’ उहाँले थप्दै लेख्नुभएको छ –‘अरू पार्टीको भोटर अथवा कार्यकर्ताका समस्याको बारेमा निवेदन नै दिएर जानकारी गराए पनि निरीक्षण नगर्ने तर, आफ्ना कार्यकर्ताको भने मौखिक जानकारी मात्र पाउन साथ निरीक्षणमा आएर सबै बल लगाएर सहयोग गर्ने गरेका मेयर सावले अब नगरपालिकाभित्रका सबै जनतालाई बराबर रूपमा हेर्ने जिम्मेवारी बोध गराओस् । शीघ्र स्वास्थ्य लाभको कामना ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय