
उर्लाबारी । विप्लव समुहबाट मंगलबार हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका – १ स्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक ५४ वर्षिय राजेन्द्र श्रेष्ठलाई सहिद घोषणा गर्न माग गरिएको छ ।
श्रेष्ठको हत्यापछि उर्लाबारी – १ स्थित पाटने बन्धु भेला समन्वय समितिले एक प्रेस बिज्ञप्ती जारी गर्दै श्रेष्ठको हत्यारालाई कडा भन्दा कडा कारबाही गरी उनलाई सहिद घोषणा गर्न माग गरिएको हो । समितिका अध्यक्ष विष्णु श्रेष्ठले हस्ताक्षित गरेको बिज्ञप्तीमा मृतकका परिवारलाई क्षतिपुर्ति दिलाउन समेत माग गरिएको छ । मंगलबार बिहान मिक्लाजुङ – १ बर्खेस्थित जंगलमा श्रेष्ठको घाँटी रेटेर बिप्लव समुहले हत्या गरेको थियो ।