उर्लाबारी । उर्लाबारी नगरपालिका – ८ निवासी शैक्षिक ब्यक्तित्व ध्रबप्रसाद भट्टराईको मंगलबार काठमाण्डौँमा निधन भएको छ । उर्लाबारी – ८ स्थित प्रतिभा सेकेण्डरी बोर्डिङका संस्थापक संचालक सदस्य एवम् शिक्षक समेत रहनुभएका भट्टराईलाई केही दिनदेखी स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

तर कुनै सुधार नभएपछि काठमाण्डौँस्थित टिचिङ हस्पिटलमा लगेर उपचार गरिएकोमा उपचारकै क्रममा निधन भएको हो । भट्टराईलाई मेनिन्जाइटिस रोग भएर कोरोना पोजेटिभ समेत देखिएको थियो । उहाँको मंगलबार बेलुकै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छोरा समिर भट्टराईले जानकारी दिनुभयो । उहाँको श्रीमती शिवा, छोरा समिर र छोरी सृष्टि भट्टराई रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय