
ओखलढुंगा। १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका–२ का २९ वर्षीय वीरबहादुर मगरलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
वीर बहादुरले २०७६ फागुन २८ गते ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको र सोही कारण किशोरीले गत शनिबार छोरीको जन्म दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।