
उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
रोजगारीका लागि मकाउमा कार्यरत गीता मगर शेर्पाको नेतृत्वमा हिमालय रेष्टुरेन्टमा खेलिएको देउसीबाट संकलित रकमबाट ५३ थान ज्याकेट प्रदान गरिएको हो । गीताकी बहिनी सीता गुरुङले आज गृहकी अध्यक्ष मीना बराललाई ज्याकेट हस्तान्तरण गरेकी छिन् । हस्तान्तरण कार्यक्रममा न्यानो अभियान नेपालका अध्यक्ष पूर्ण सिंघक लिम्बू, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, युवा ब्वयसायी प्रभू राई, विवेक हिङमाङलगायतको सहभागीता रहेको थियो । गृहका सचिब जीवन घिमिरेले जाडोमा बालबालिकाहरुलाई आश्यक पर्ने ज्याकेट सहयोग गर्ने सहयोगीदातालाई धन्यवाद प्रकट गरे । गृहमा ४७ जना बालबालिकाहरु आश्रित रहेको र सहयोगीदाताकै भरमा गृह सञ्चालन भइरहेको उनले जानकारी दिए । सहयोगी गीता राना शेर्पाले आगामी दिनमा पनि बालबालिकाहरुका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् । मकाउमा रहेर उनले धेरै नेपालीहरुको उपचारमा सहयोग गरिसकेकी छिन् । त्यस्तै, सोही देउसीभैलो कार्यक्रमबाट संकलित रकममध्यबाट बाल मन्दिर आधारभूत विद्यालय फुङ्लिङ–४ताप्लेजुङमा २६ जनालाई जाडोको न्यानो कपडा वितरण गरिने शेर्पाले जानकारी दिइन् ।